१४ लाखभन्दाबढीलाई १४ भाषामा गीता अध्यायन गराएको गीता परिवारले गर्‍यो काठमाडौँमा कार्यक्रम

हिमाल प्रेस २९ वैशाख २०८३ १३:२९ | Tuesday, May 12, 2026
6
SHARES
१४ लाखभन्दाबढीलाई  १४ भाषामा गीता अध्यायन गराएको गीता परिवारले गर्‍यो काठमाडौँमा कार्यक्रम

काठमाडौँ-  १४ भाषामा श्रीमद्भगवद्गीताको अध्ययन र अभ्यास गराउँदै आएको गीता परिवारले नेपालमा भर्खरै मात्र ‘गीता पढौँ, पढाऔँ र जीवनमा लगाऔँ’ भन्ने मूल नारासहित शोभायात्रा सम्पन्न गरेको छ। गत बैशाख २७ गते (१० मई २०२६) आइतबारका दिन नेपाल प्रज्ञा प्रतिष्ठानको सभाहल काठमाडौँमा ‘गीता मैत्री मिलन कार्यक्रम २०८३’ झन्डै २००० भन्दा बढीको प्रत्यक्ष सहभागितामा शोभायात्रा सम्पन्न गरेको हो।

गीता परिवारका संस्थापक, श्रीरामजन्मभूमि तीर्थक्षेत्र न्यास अयोध्याका कोषाध्यक्ष परमपूज्य स्वामी गोविन्ददेवगिरि, गीता परिवारका अन्तर्राष्ट्रिय कार्याध्यक्ष डा. आशू गोयल, गीता परिवार नेपालका संरक्षक, उच्च पदाधिकारी तथा साधकहरूको उपस्थिति रहेको उक्त कार्यक्रम आध्यात्मिक तथा नैतिक जागरणलाई केन्द्रमा राखेर आयोजना भएको र कार्यक्रमले नेपालमा गीताको प्रचार प्रसार, आम सर्वसाधारणमा गीता प्रतिको चेतना फैलाएको हो।

कार्यक्रममा गीता परिवारका संस्थापक कोषाध्यक्ष गोविन्ददेवगिरिले आशिर्वाद प्रदान गर्दै गीता एउटा पुस्तक मात्र नभर आमा भएको बताए। कार्यक्रममा गीता मैत्रि मिलन कार्यक्रम मूल समारोह समितिका अध्यक्ष जय किसन सारडाले स्वागत गर्दै गीता परिवारको संक्षिप्त जानकारी गराए।

कार्यक्रममा गीता परिवारका अन्तर्राष्ट्रिय कार्याध्यक्ष डा. आशू गोयल, गीता परिवार नेपालकी अध्यक्ष श्रीमती सारिका अग्रवालले पनि सम्बोधन गरे।

प्रकाशित: २९ वैशाख २०८३ १३:२९ | Tuesday, May 12, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast