संसद् बैठक सञ्चालन भइरहेकै हलमा बजेट पेस हुने

हिमाल प्रेस १४ जेठ २०८३ १७:१७ | Thursday, May 28, 2026
18
SHARES
संसद् बैठक सञ्चालन भइरहेकै हलमा बजेट पेस हुने

काठमाडौँ- संघीय संसद् सचिवालयले आगामी आर्थिक वर्ष २०८३/८४ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) हाल संसद् बैठक सञ्चालन भइरहेकै हलमा पेस हुने जनाएको छ। सचिवालयले बजेटका लागि शुक्रबारको संयुक्त बैठकको तयारी पूरा गरेको छ।

सिंहदरबारस्थित नयाँ र निर्माणाधीन संसद् भवनमा हाल प्रतिनिधिसभाको बैठक सञ्चालन भइरहेको बहुउद्देश्यीय हलमा शुक्रबार दिउँसो ४ बजे संयुक्त बैठक राखिएको हो। सोही बैठकमा प्रतिनिधिसभा निर्वाचनपछिको नयाँ सरकारका अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बजेट पेस गर्नेछन्।

प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्यहरूलाई सो समय अगावै स्थान ग्रहण गर्न सूचित गरिएको छ। संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले नयाँ भवनको प्रतिनिधिसभा कक्षमा संयुक्त बैठक चलाउने तयारी भए पनि हालसम्म ‘फिनिसिङ’ कार्य पूरा नभएकाले बहुउद्देश्यीय हलबाटै बजेट प्रस्तुती हुन लागेको बताए।

उनले स्थानाभावका कारण बजेट प्रस्तुती हुने संयुक्त बैठकमा संवैधानिक निकायका पदाधिकारी, नेपाल सरकारका उच्चाधिकारी र नेपालस्थित कूटनीतिक नियोगका प्रमुख एवं प्रतिनिधिहरूलाई आमन्त्रण नगरिएको बताए।

प्रकाशित: १४ जेठ २०८३ १७:१७ | Thursday, May 28, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast