तमलोपाको प्रस्ताव : मधेशमा दुई प्रदेश, स्थानीय तह गैर दलीय

हिमाल प्रेस १३ जेठ २०८३ १२:४१ | Wednesday, May 27, 2026
2
SHARE
तमलोपाको प्रस्ताव : मधेशमा दुई प्रदेश, स्थानीय तह गैर दलीय

काठमाडौँ- तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा)ले ‘समग्र मधेश दुई प्रदेश’ को माग गरेको छ । वृषेशचन्द्र लाल नेतृत्वको तमलोपाले संविधान संशोधन बहस पत्र तयारका लागि गठित कार्यदललाई दिएको सुझावमा नेपालको पूरै मधेशलाई पूर्वी र पश्चिमी मधेश प्रदेश बनाउनुपर्ने उल्लेख छ ।

सुझावमा भनिएको छ, ‘मधेशका आठ जिल्ला बाहेकका क्षेत्र जबर्जस्ती अन्य प्रदेशमा गाभिएका छन् । यहाँका मधेश र थरुहटका जनता पहिचान र स्वशासनको हकमा असम्मानित महशुस गरेका छन् । हामी समग्र मधेश दुई प्रदेश पूर्वी र पश्चिमी मधेशहरुका रुपमा पुनर्सीमांकनको माग गर्दछौं ।’

आठ बुँदे सुझावमा संविधान संशोधन मार्फत् संघीयतालाई कमजोर गर्ने वा यसको स्वरुप परिवर्तन गरी शक्तिको केन्द्रीकरणको कुनै पनि प्रयास स्वीकार्य नहुने चेतावनी छ । तर प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा पूर्ण समानुपातिक निर्वाचन प्रणाली, राष्ट्रिय सभामा जनसंख्याको आधारमा प्रतिनिधित्व, स्थानीय तहको निर्वाचन गैरदलीय आधारमा हुनुपर्ने सुझाव दिइएको छ ।

 

प्रकाशित: १३ जेठ २०८३ १२:४१ | Wednesday, May 27, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast