बुटवल- सुकुम्वासी वस्तीमा वर्तमान सरकारले डाेजर चलाएर आतंक मच्चाएकाे भन्दै बिहीबार बुटवलमा सुकुम्वासीहरूले विराेध प्रदर्शन गरेका छन्। नेपाल भूमिहीन, सुकुमबासी तथा अव्यवस्थित बसोबास सङ्घर्ष समिति रुपन्देहीले बुसरकारविरूद्व नाराबाजी गर्दै विराेध प्रर्दशन गरेकाे हाे।
डाेजर आतंक बन्द गर, हाम्रो कर वैध, हाम्रो मत(भोट) वैध,हामी कसरी अवैध बालेन सरकार, बालेन तिम्राे पाराले दुख पाए साराले जस्ता प्लेकार्ड र नारा लगाएका छन्।
बुटवलका देवीनगर, बुद्धनगर, मजुवा, रानीगन्जलगायतका एक दर्जन स्थानका अव्यवस्थित वस्तीका झण्डै १ सय टोल विकास संस्थामा आबद्ध भएका सुकुम्वासी र अव्यवस्थित बसोवासीले प्रदर्शन गरेका हुन्। प्रर्दशनमा उनीहरूले सरकारदे सुकुम्वासीमाथि डाेजर आतंक नराेके बुटवलबाट निर्णायक आन्दाेलन गर्ने चेतावनी दिएका छन्। केहिदिनअघि बुटवल १७ रानिगञ्जका सुकुम्वासीहरूले विराेध गरेका थिए।



