संसद्का गतिविधिलाई परिणाममुखी बनाउन सचेतकहरूलाई सभामुखको सुझाव

हिमाल प्रेस २१ वैशाख २०८३ १५:३८ | Monday, May 4, 2026
संसद्का गतिविधिलाई परिणाममुखी बनाउन सचेतकहरूलाई सभामुखको सुझाव

काठमाडौँ- सभामुख डोलप्रसाद अर्यालले संसद्का गतिविधिलाई परिणाममुखी बनाउने गरी भूमिका निर्वाह गर्न राजनीतिक दलका सचेतकहरूलाई सुझाव दिएका छन्।

सोमबार सिंहदरबारमा प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका सचेतकहरूसँगको छलफलका क्रममा सभामुख अर्यालले नेपाली जनताले चाहना गरेअनुसार संसद्का गतिविधिलाई परिणाममुखी बनाउने गरी भूमिका निर्वाह गर्न सुझाव दिएको रास्वपा सचेतक प्रकाशचन्द्र परियारले जानकारी दिए।

संसद्मा देखिएका समस्यालाई हल गर्दै प्रभावकारी बनाउने, संसद्को मर्म र संसदीय परम्परा एवं प्रणालीलाई अब्बल बनाउने विषयमा समेत छलफल भएको उनले बताए। बैठकमा दलका सचेतकहरूले सभामुख र संसद् सचिवालयसँग समन्वय र सहकार्य गरेर परिणाम ल्याउने कुरामा जोड दिएको रास्वपा सचेतक परियारले बताए।

संसद्को प्रारम्भिक चरणमा देखिएका अव्यवस्थाहरूलाई सम्बोधन गर्ने संसद् सचिवालयले प्रतिबद्धता व्यक्त गरेको समेत उनले बताए। सचेतकहरूमार्फत आफ्नो दलमा प्रभावकारी अनुशिक्षण, प्रशिक्षण र कामकारबाहीलाई अगाडि बढाएर जिम्मेवारी वहन गर्न सभामुखले निर्देशन दिएको परियारको भनाइ छ।

प्रकाशित: २१ वैशाख २०८३ १५:३८ | Monday, May 4, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast