काठमाडौँ- काठमाडौँ महानगरपालिकाअन्तर्गत शिक्षा विभागले संस्थागत विद्यालयहरूको नाम, स्थान तथा स्वामित्व परिवर्तनसम्बन्धी प्रस्तावहरू सार्वजनिक गर्दै दाबी विरोधका लागि सूचना जारी गरेको छ।
महानगरपालिकाले कम्पनी रजिस्ट्रारको कार्यालयबाट नाम, स्थान र स्वामित्व परिवर्तनसम्बन्धी प्रक्रिया पूरा गरी निवेदन दर्ता गराएका विभिन्न विद्यालयहरूको विवरण सार्वजनिक गर्दै यदि कुनै व्यक्ति वा संस्था उक्त परिवर्तनप्रति असहमत भएमा प्रमाणसहित ३५ दिनभित्र लिखित दाबी विरोध पेस गर्न आग्रह गरेको छ।
३५ दिनभित्र दाबी विरोध नआएमा निवेदकहरूको मागअनुसार प्रक्रिया अगाडि बढाइनेछ। सूचनाले मात्र विद्यालयको नाम, स्थान वा स्वामित्व परिवर्तन भएको मानिने छैन भन्ने स्पष्ट गरिएको छ।
नाम परिवर्तनका लागि प्रस्तावित विद्यालयहरूमा माउण्ट ग्लोरी इङ्गलिस बोर्डिङ्ग स्कुल (का.म.पा.–१३, ताहाचल) ले आफ्नो नाम परिवर्तन गरी माउण्ट ग्लोरी स्कुल राख्न प्रस्ताव गरेको छ।
स्थान परिवर्तनका लागि प्रस्तावित विद्यालयहरूमा हाइल्याण्ड इङ्गलिस स्कुल (काठमाडौँ–३२, पुरानो सिनामङ्गल) ले कागेश्वरी मनोहरा नगरपालिका–७, अमरसिंह चोकमा स्थानान्तरण गर्न प्रस्ताव गरेको छ।
नव किरण (न्यू लिरा) माध्यमिक विद्यालय (काठमाडौँ–५, हाँडीगाउ) ले काठमाडौँ महानगरपालिका–२, लाजिम्पाटमा स्थानान्तरण गर्न प्रस्ताव गरेको छ।
मोरल एकेडेमी (काठमाडौँ–३१, शान्तिनगर) ले काठमाडौँ महानगरपालिका–२, लाजिम्पाटमा स्थानान्तरण गर्न प्रस्ताव गरेको छ।
स्वामित्व परिवर्तनका लागि प्रस्तावित विद्यालयमा मोरल एकेडेमी (शान्तिनगर, काठमाडौँ) को स्वामित्व परिवर्तनका लागि प्रस्ताव गरिएको छ। हालका सञ्चालकहरू रमेश पनेरु र मञ्जु कुमारी भट्टबाट स्वामित्व परिवर्तन गरी क्रमशः नर बहादुर विष्ट र विक्रम विष्ट (भिमदत्त नगरपालिका–१, कञ्चनपुर) लाई हस्तान्तरण गर्ने प्रस्ताव गरिएको छ।




