प्राविधिक शिक्षा पढ्ने विद्यार्थीलाई छात्रवृत्ति दिइने

हिमाल प्रेस १७ जेठ २०८३ १७:४१ | Sunday, May 31, 2026
प्राविधिक शिक्षा पढ्ने विद्यार्थीलाई छात्रवृत्ति दिइने

चितवन- बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले सिमान्तकृत समुदायका जेहनदार विद्यार्थीलाई प्रदेश सरकारले छात्रवृत्ति दिएर चिकित्सा तथा इञ्जिनियरिङ शिक्षा पढाउने बताएका छन्।

नेपाल चिकित्सक संघ केन्द्रीय समितिले आइतबार आयोजना गरेको अल नेपाल मेडिकल कन्फ्रेन्स ‘एनएमए कन २०२६’ को उद्घाटन कार्यक्रममा उनले बागमती प्रदेश सरकारले सिमान्तकृत समुदायका विपन्न विद्यार्थीलाई निःशुल्क प्राविधिक शिक्षा अध्ययन गर्ने वातावरण बनाउन लागेको जानकारी दिए।

उनले भने, ‘यस समुदायका विद्यार्थीले प्रवेश परीक्षामा नाम निकालेर आर्थिक अभावका कारण पढाइ रोकिँदैन।’ चिकित्सकीय सेवा महत्वपूर्ण भएको भन्दै मुख्यमन्त्री बानियाँले चिकित्सक मानव रुपी भगवान् हुने भएकाले यस क्षेत्रमा सक्षम र दक्ष जनशक्ति उत्पादन हुनुपर्नेमा जोड दिए।

उनले इमानदार भई निरन्तर काममा खटिन चिकित्सकलाई आग्रह गरे। संघले पेसागत हकहितका लागि काम गरिरहेको भन्दै मुख्यमन्त्री बानियाँले प्रशंसा गरे।

प्रकाशित: १७ जेठ २०८३ १७:४१ | Sunday, May 31, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast