दुबई विमानस्थलमा यात्रुको संख्यामा ६६ प्रतिशतको गिरावट

हिमाल प्रेस २१ वैशाख २०८३ १७:५४ | Monday, May 4, 2026
6
SHARES
दुबई विमानस्थलमा यात्रुको संख्यामा ६६ प्रतिशतको गिरावट

काठमाडौैँ– पश्चिम एसिया युद्धको क्रममा संयुक्त अरब इमिरेट्स (यूएई) मा इरानले गरेको आक्रमणपछि मार्चमा दुबई विमानस्थलको यात्रु आवागमनमा दुई तिहाइले कमी आएको इमिरेट्सको सञ्चार कार्यालयले जनाएको छ।

अन्तर्राष्ट्रिय यात्रु ट्राफिकका लागि विश्वकै सबैभन्दा व्यस्त मानिने दुबई इन्टरनेशनल विमानस्थलमा यात्रुको संख्या घटेर २५ लाखमा झरेको दुबई सञ्चार कार्यालयले जनाएको हो।

अमेरिका–इरान युद्धका कारण पश्चिम एसियामा तनाव बढ्दा विमानस्थलले क्षेत्रीय अवरोधको सामना गर्नुपरेको र यसले हवाई क्षेत्र क्षमता र उडान तालिकामा उल्लेखनीय रूपमा बाधा पु¥याएको छ।

दुबई सञ्चार कार्यालयले भनेको छ, ‘यूएईभित्रको हवाई क्षेत्र अब पूर्ण रूपमा पुनःस्थापित भएको छ, दुबईका विमानस्थलहरू उपलब्ध क्षेत्रीय मार्ग क्षमतासहित उडान बढाउन निर्णायक रूपमा अघि बढिरहेका छन्।’

अमेरिका–इजरायल आक्रमणको बदलामा इरानले तेल सम्पन्न यूएईले कैयौँ पटक दुबई इन्टरनेशनल विमानस्थललाई निशाना बनाएको थियो।

सन् २०२६ को पहिलो त्रैमासिकमा ट्राफिक २१ प्रतिशतले घटेर एक करोड ८६ लाखमा झरेको थियो। दुबई इन्टरनेशनलले गत वर्ष सबैभन्दा बढी नौ करोड ५२ लाख यात्रुलाई सेवा दिएको थियो। यो संख्या यो वर्ष नौ करोड ९५ लाख पुग्ने आशा गरिएको थियो।

दुबई एयरपोर्टका कार्यकारी प्रमुख पल ग्रिफिथ्सले भने, ‘विगत केही हप्तामा भएका असाधारण घटनाहरूले कुनै पनि प्रमुख विमानस्थलका लागि अकल्पनीय परिणाममा सावित बनेका छन्।-रासस/एएफपी

प्रकाशित: २१ वैशाख २०८३ १७:५४ | Monday, May 4, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast