पाकिस्तानी दूतवासद्वारा निबन्ध लेखन र वक्तृत्वकला प्रतियोगिता आयोजना

हिमाल प्रेस ५ जेठ २०८३ २१:३४ | Tuesday, May 19, 2026
8
SHARES
पाकिस्तानी दूतवासद्वारा निबन्ध लेखन र वक्तृत्वकला प्रतियोगिता आयोजना

काठमाडौँ- काठमाडौँस्थित पाकिस्तानी दूतावासले ‘१३ औँ वार्षिक राजदूत निबन्ध लेखन’ तथा ‘नवौँ वार्षिक राजदूत वक्तृत्वकला प्रतियोगिता–२०२६’ को पुरस्कार वितरण समारोह आयोजना गरेको छ।

पाकिस्तानका संस्थापक मुहम्मद अली जिन्नाको १५० औँ जन्मजयन्तीको अवसर पारेर निबन्ध लेखनको विषय ‘कायद–ए–आजम मुहम्मद अली जिन्नाद्वारा संवैधानिक माध्यमबाट पाकिस्तानको मागलाई मूलप्रवाहीकरण’ तय गरिएको थियो।

प्रतियोगितामा विश्व निकेतन माध्यमिक विद्यालयका प्रतीक पोखरेल प्रथम, द चन्द बाग स्कुलका दक्षेश घिमिरे द्वितीय र प्राञ्जली वल्र्ड स्कुलका नितिन थापा तृतीय भए।

विजेताहरूले प्रमाणपत्र र नगद पुरस्कार प्राप्त गरे भने अन्य विधाका उत्कृष्ट १२ विद्यार्थीहरूलाई पनि विशेष नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरियो।

त्यस्तै उच्च माध्यमिक र विश्वविद्यालय तहका विद्यार्थीका लागि आयोजित ‘के आर्टिफिसियल इन्टेलिजेन्सले पुस्तकायलयहरूलाई ओझेलमा पार्ला’ विषयक वक्तृत्वकलामा सहभागीहरुले आफ्नो तार्किक विचार प्रस्तुत गरेका थिए।

वक्तृत्वकलामा रिलायन्स कलेजका विश्वकला नेपाल प्रथम, नेसनल ल कलेजका छिरिङ तामाङ द्वितीय र सेन्ट जेभियर्स कलेजका बिप्युम चौलागाईँ तृतीय भए।

कार्यक्रमका प्रमुख अतिथि नेपालका लागि पाकिस्तानी राजदूत अबरार एच हाश्मी रहेका थिए।

प्रकाशित: ५ जेठ २०८३ २१:३४ | Tuesday, May 19, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast