पाकिस्तानी दूतावासद्वारा स्वास्थ्य शिविरको आयोजना

हिमाल प्रेस ३१ जेठ २०८३ १७:५३ | Sunday, June 14, 2026
पाकिस्तानी दूतावासद्वारा स्वास्थ्य शिविरको आयोजना

काठमाडौँ- काठमाडौँस्थित पाकिस्तानी दूतावासले पाकिस्तान नेपाल अलम्नाई नेटवर्कसँगको सहकार्यमा नागार्जुन नगरपालिकामा एकदिवसीय निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ।

नागार्जुन नगरपालिका–४ मा आयोजना गरिएको शिविरबाट सयौँ स्थानीयवासी लाभान्वित भएको दूतावासले जनाएको छ।

शिविरमा पाकिस्तानबाट चिकित्सा शास्त्र अध्ययन पूरा गरेर फर्किएका नेपाली चिकित्सकहरूले ज्येष्ठ नागरिक, महिला तथा बालबालिकाको स्वास्थ्य परीक्षण गरेका थिए।

यस क्रममा सयभन्दा बढी बिरामीहरूको निःशुल्क स्वास्थ्य जाँच गरिनुका साथै आवश्यक ओषधिसमेत वितरण गरिएको दूतावासले जनाएको छ। दूतावासले जनाएअनुसार शिविरमा आएका केही जटिल प्रकृतिका बिरामीहरूलाई थप उपचारका लागि विशेषज्ञ सेवा भएका अस्पतालमा रेफरसमेत गरिएको थियो।

स्वास्थ्य शिविरको अवसरमा नागार्जुन नगरपालिकाकी उपप्रमुख सुशीला अधिकार, वडा नम्बर ४ का वडाध्यक्ष लक्ष्मीराम शर्मा, नेटवर्कका अध्यक्ष डा.दीपक मिश्रा तथा स्थानीयको उपस्थिति रहेको थियो।

प्रकाशित: ३१ जेठ २०८३ १७:५३ | Sunday, June 14, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast