प्रतीकात्मक तस्बिर।
काठमाडौँ – दाङको राजपुर गाउँपालिका–४ मोतीपुरस्थित एक सामुदायिक वनमा दाउरा लिने विषयमा भएको विवादले उग्र रूप लिँदा एक जनाको ज्यान गएको छ।
शनिबार स्थानीय रामजानकी सामुदायिक वन क्षेत्रबाट काठ दाउरा लिने विषयमा भएको विवादपछि सोही गाउँपालिका–४ सन्तपुरुवाका इच्छाकुमार रैदासको आक्रमणबाट एक जनाको मृत्यु भएको हो।
विवादपछि उनले धारिलो हतियार प्रहार गर्दा स्थानीय ५६ वर्षीय भोला यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक रेशम बोहोराले जानकारी दिए।
घटनापछि फरार रहेका रैदासको खोजीकार्य जारी रहेको उनले बताए।
प्रकाशित: २६ वैशाख २०८३ २१:११ | Saturday, May 9, 2026
प्रतिक्रिया



