सीमाका प्रहरी एकाइहरूको स्थलगत निरीक्षण

हिमाल प्रेस २५ वैशाख २०८३ ६:२२ | Friday, May 8, 2026
12
SHARES
सीमाका प्रहरी एकाइहरूको स्थलगत निरीक्षण

भैरहवा- लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी नायव महानिरीक्षक भूपेन्द्रबहादुर खत्रीले रूपन्देही जिल्लाका सीमावर्ती क्षेत्रका प्रहरी एकाइहरूको स्थलगत निरीक्षण गर्दै सीमा सुरक्षालाई थप प्रभावकारी बनाउन निर्देशन दिएका छन्।

लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रमुख खत्रीले जिल्ला प्रहरी कार्यालय रूपन्देहीमातहत सञ्चालनमा रहेका इलाका प्रहरी कार्यालय मझगावाँ तथा बगौली, पाण्डे पिप्रहवा, मुडिला करौता र रोइनिहवा प्रहरीचौकीको अनुगमन गरेका हुन्।

निरीक्षणका क्रममा उनले सीमावर्ती क्षेत्रमा हुनसक्ने चोरीपैठारी, मानव तस्करी, लागुऔषध ओसारपसार, फरार अपराधीको आवतजावत तथा अन्य आपराधिक गतिविधि नियन्त्रणमा उच्च सतर्कता अपनाउन निर्देशन दिए।

खुला सीमाका कारण उत्पन्न हुनसक्ने सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै नियमित गस्ती, चेकजाँच र सूचनाको आदानप्रदानलाई सुदृढ बनाउनुपर्ने उनको भनाइ थियो।

खत्रीले कानुन कार्यान्वयनमा कुनै सम्झौता नगर्न, नागरिकमैत्री सेवा प्रवाह गर्न तथा आमनागरिकसँग समन्वय बढाउन आग्रह गरे।

उनले अपराध नियन्त्रणमा समुदाय–प्रहरी साझेदारी प्रभावकारी हुने उल्लेख गर्दै स्थानीय तह र सर्वसाधारणसँग सहकार्य बढाउनुपर्नेमा जोड दिए।

भ्रमणका क्रममा प्रदेश प्रहरी प्रमुख खत्रीले नेपाल–भारत सीमा क्षेत्रको निरीक्षण गर्नुका साथै भारतीय सशस्त्र सीमा बल (एसएसबी) का अधिकारीहरूसँग भेटघाट गरी सीमा सुरक्षाको अवस्था, आपसी समन्वय र संयुक्त सहकार्यका विषयमा छलफल गरेका थिए।

प्रकाशित: २५ वैशाख २०८३ ६:२२ | Friday, May 8, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast