पानीजन्य जोखिमबारे सचेतनाका कार्यक्रम बढाउन सांसद गजुरेलको आग्रह

हिमाल प्रेस १२ जेठ २०८३ १३:१२ | Tuesday, May 26, 2026
4
SHARES
पानीजन्य जोखिमबारे सचेतनाका कार्यक्रम बढाउन सांसद गजुरेलको आग्रह

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद आशिष गजुरेलले पानीजन्य जोखिममा बर्सेनि थुप्रै युवा र बालबालिकाको ज्यान जाने गरेको भन्दै सचेतनाको कार्यक्रम ल्याउन आग्रह गरेका छन्। मंगलबार बसेको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा गजुरेलले यस्तो ध्यानाकर्षण गराएका हुन्।

‘नेपाल प्रहरीको तथ्यांकअनुसार बर्सेनि ४०० जनाको पानीमा डुबेर र बगेर मृत्यु हुने गरेको तथ्यांक छ। विश्व स्वास्थ्य संगनठको तथ्यांक हेर्दा वार्षिक १५ सयको मृत्यु हुने अनुमान छ,’ उनले भने, ‘जेठको पहिलो हप्ता मात्रै सिन्धुलीको सित्खामा सुनकोशीमा ९ र १० वर्षका युवाको पानीमा डुबेर मृत्यु भयो । पर्याप्त जनचेतना, सुरक्षा, व्यवस्था, पूर्व सतर्कताको कमी भएर यस्ता घटना भएका छन्। विद्यालय, अभिभावक, स्थानीय पानीजन्य जोखिममा सचेतना गराउने कार्यक्रम ल्याउनुपर्छ।’

जोखिययुक्त क्षेत्रमा चेतावनी बोर्ड, बार, सचेतना गराउनुपर्ने, पूर्वाधार निर्माणमा सुरक्षा दिनुपर्ने, बालबालिकाको सुरक्षाको लागि ध्यान दिनुपर्ने उनको भनााइ छ। पौडी, पानीजन्य जोखिम, पानीजन्य सीप सिकाउन पनि स्थानीय तह अग्रसर हुनुपर्ने उनको भनाइ छ।

प्रकाशित: १२ जेठ २०८३ १३:१२ | Tuesday, May 26, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast