सरुवा भएकै स्थानमा ७ दिनभित्र हाजिर हुन कर्मचारीहरूलाई मन्त्रालयको निर्देशन

हिमाल प्रेस २३ वैशाख २०८३ १३:१४ | Wednesday, May 6, 2026
18
SHARES
सरुवा भएकै स्थानमा ७ दिनभित्र हाजिर हुन कर्मचारीहरूलाई मन्त्रालयको निर्देशन

काठमाडौँ- संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न मन्त्रालय, आयोग तथा निकायहरूबाट स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतका रूपमा खटाइएका कर्मचारीहरूलाई सात दिनभित्र अनिवार्य रूपमा हाजिर हुन निर्देशन दिएको छ।

मन्त्रालयले निजामती सेवा नियमावली, २०५० को नियम ३९ र ४० तथा स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ८४ (४) अनुसार खटाइएका कर्मचारीहरू सरुवा भएको स्थानमा समयमै उपस्थित हुनुपर्ने व्यवस्था रहेको स्मरण गराएको छ।

मन्त्रालयका अनुसार नेपाल प्रशासन सेवाअन्तर्गत सामान्य प्रशासन समूहका राजपत्राङ्कित द्वितीय श्रेणी (उपसचिव वा सो सरह) का कर्मचारीहरूलाई स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतका रूपमा खटाइएको भए पनि हालसम्म केही कर्मचारीहरू सम्बन्धित स्थानीय तहमा हाजिर नभएकाले सेवा प्रवाहमा गम्भीर असर परेको गुनासो आइरहेको छ।

खटाइएका सबै कर्मचारीलाई सूचना प्रकाशित भएको मितिबाट सात दिनभित्र सम्बन्धित स्थानीय तहमा हाजिर हुन निर्देशन दिइएको छ। तोकिएको समयभित्र हाजिर नभएमा प्रचलित कानुन बमोजिम आवश्यक कारबाही हुने मन्त्रालयले चेतावनी दिएको छ।

प्रकाशित: २३ वैशाख २०८३ १३:१४ | Wednesday, May 6, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast