मञ्जुश्री ‘को–अपरेटिभ’ का अध्यक्ष घिमिरे पक्राउ

हिमाल प्रेस २६ वैशाख २०८३ १९:४४ | Saturday, May 9, 2026
22
SHARES
मञ्जुश्री ‘को–अपरेटिभ’ का अध्यक्ष घिमिरे पक्राउ

काठमाडौँ– सहकारी ठगीको आरोपमा मञ्जुश्री सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेडका अध्यक्ष नारायणप्रसाद घिमिरेलाई पक्राउ गरिएको छ।

सहकारीले बचतकर्तालाई चार वर्षदेखि पैसा फिर्ता नगरेको भनी वाग्मती प्रदेश सरकारको सहकारी मन्त्रालयमा उजुरी परेपछि सोही पत्रका आधारमा प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले घिमिरेलाई पक्राउ गरेको हो ।

वृत्तका प्रहरी नायब उपरीक्षक सन्तोष रोक्काले सहकारी ठगी अभियोगमा सोधपुछ गरी थप कारबाही प्रक्रिया अघि बढाउन उनलाई पक्राउ गरिएको जानकारी दिए।

सहकारीले करिब एक सय ५० बचतकर्ताको १५ करोड रुपैयाँ बचत रकम फिर्ता गर्न बाँकी रहेको जनाइएको छ।

प्रकाशित: २६ वैशाख २०८३ १९:४४ | Saturday, May 9, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast