तरुण दलको अध्यक्षमा कोइराला मनोनीत

हिमाल प्रेस १० जेठ २०८३ २१:२१ | Sunday, May 24, 2026
तरुण दलको अध्यक्षमा कोइराला मनोनीत

काठमाडौँ- नेपाली कांग्रेसको भ्रातृ संघ नेपाल तरुण दलको अध्यक्षमा मनिष कोइराला मनोनीत भएका छन्।

पार्टी सभापति गगनकुमार थापाले आइतबार कोइरालालाई तरुण दलको अध्यक्षमा मनोनीत गरेका हुन्।

कोइरालालाई गत वैशाख २१ गते कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकको निर्णयअनुसार सभापति थापाले तरुण दलको अध्यक्ष मनोनीत गरेको पार्टीका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले जानकारी दिए।

कांग्रेसको विधान, २०१७ (संशोधनसहित) को धारा ४२ (१) (च) बमोजिम तरुण दलको म्याद समाप्त भई स्वतः विघटन भएको कांग्रेसले जनाएको छ।

कोइरालालाई तोकिएको समयभित्रै महाधिवेशन सम्पन्न गर्न ९ बुँदे कार्यादेश र कार्यविवरणसहित जिम्मेवारी प्रदान गरिएको कांग्रेसले जनाएको छ।

तरुण दलको अध्यक्षमा मनोनीत काठमाडौँ गौशाला निवासी कोइराला २०६३ सालमा तत्कालीन तरुण दलका अध्यक्ष महेन्द्र यादव नेतृत्वको केन्द्रीय समितिमा सदस्य रहेका थिए।

प्रकाशित: १० जेठ २०८३ २१:२१ | Sunday, May 24, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 17 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast