काठमाडौँ- इजरायलमा रोजगारीका लागि विगत दुई वर्षदेखि सम्पूर्ण प्रक्रिया पूरा गरी प्रतीक्षामा बसेकाहरुलाई प्राथमिकता दिनुपर्ने भन्दै काठमाडौँमा प्रदर्शन गरिएको छ।
प्रक्रिया पूरा गरी प्रतीक्षामा बसेकाहरुलाई बेवास्ता गरी नयाँ भर्ना लिन खोजिएकोप्रति आपत्ति जनाउँदै प्रक्रिया पूरा गरेका युवाहरुले मंगलबार काठमाडौँमा विरोध प्रदर्शन गरेका हुन्।
उनीहरुले इजरायल रोजगारी खोल्दा नयाँ भर्ना भन्दा पनि पहिले नै सम्पूर्ण प्रक्रिया पूरा गरी प्रतीक्षामा रहेका योग्य कामदारहरुलाई पहिलो प्राथमिकता दिनुपर्ने माग गरेका छन्।
उनीहरुले ‘के हामी योग्य होइन र सरकार?, हामी योग्य उम्मेदवारहरुलाई प्राथमिकता दे सरकार’ लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए।
प्रदर्शनमा उत्रिएका युवाहरुले मागलाई गम्भीरतापूर्वक लिन सरकारसँग आग्रह गरेका छन्।




