काठमाडौँ- इरान सरकारले संसदको अधिवेशन बोलाएको छ।
फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि आक्रमण गरेपछि पहिलोपटक इरानी संसदको अधिवेशन बोलाइएको हो।
इरानको आधिकारिक समाचार एजेन्सी आईआरएनएका अनुसार इरानी संसदका प्रवक्ता अब्बास कोदार्जीले युद्धपछिको संसदको पहिलो बैठक भिडियो कन्फरेन्सिङमार्फत हुने घोषणा गरेका छन्।
‘घोषित उपायहरूको पालना गर्दै र वर्तमान परिस्थितिलाई ध्यानमा राख्दै भोलि आइतबार भिडियो कन्फरेन्सिङमार्फत बैठक आयोजना गरिनेछ,’ उनले भने।
बैठकमा सांसदहरूले आर्थिक मुद्दाहरू र युद्धका कारण इरानी जनताको जीविकोपार्जनसँग जोडिएका विषयमा छलफल हुने जनाइएको छ।
यसअघि इरानी संसदको सार्वजनिक अधिवेशन फेब्रुअरी १६ मा आयोजना गरिएको थियो।
प्रकाशित: २६ वैशाख २०८३ २०:५५ | Saturday, May 9, 2026
प्रतिक्रिया



