‘अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक’ पारित

हिमाल प्रेस ८ जेठ २०८३ १६:२३ | Friday, May 22, 2026
12
SHARES
‘अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक’ पारित फाइल तस्बिर

काठमाडौँ– राष्ट्रियसभाको बैठकबाट ‘अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८१’ सर्वसम्मतिले पारित भएको छ।

‘विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित प्राप्त उक्त विधेयक सभाको बहुमतले पारित गरेको हो।

बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले प्रस्तुत गरेको विधेयक सभाले सर्वसम्मतिले पारित गरेको हो।

विधेयकमाथिको छलफलमा सांसद गीता देवकोटा, सुरे कुमार आले मगर, रुक्मिणि कोइराला र विष्णु कमारी सापकोटाले भाग लिएका थिए।

राष्ट्रियसभाको अर्को बैठक जेठ १३ गते दिउँसो १ः१५ बजे बस्नेछ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast