काठमाडौँ- संघीय संसद्अन्तर्गतको प्रतिनिधिसभा बैठक सुरु भएको छ । बुधबार बिहान ११ बजेबाट सुरु भएको बैठकमा राष्ट्रियसभामा उत्पत्ति भएको अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८१ का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गरिने कार्यसूची छ ।
साथै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८२/८३ को आर्थिक सर्वेक्षण पेस गर्नेछन् ।
प्रकाशित: १३ जेठ २०८३ ११:२२ | Wednesday, May 27, 2026
प्रतिक्रिया




