काठमाडौं- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सार्वजनिक गरेको आजको थोक मूल्यसूचीअनुसार फलफूलको मूल्य तुलनात्मक रूपमा उच्च देखिएको छ।
समितिका अनुसार झोले स्याउ प्रतिकिलो २५० रुपैयाँ र फुजी स्याउ ३०० रुपैयाँमा कारोबार भइरहेको छ। केरा प्रतिदर्जन २२० रुपैयाँ तथा कागती प्रतिकिलो ३८० रुपैयाँ पुगेको छ।
अनार प्रतिकिलो ५०० रुपैयाँ, हरियो अङ्गुर ३०० रुपैयाँ र कालो अङ्गुर ४५० रुपैयाँ कायम भएको छ। तरबुजा प्रतिकिलो ४५ रुपैयाँ तथा भुइँकटहर प्रतिगोटा २५० रुपैयाँ तोकिएको छ।
त्यसैगरी काँक्रो लोकल ८० रुपैयाँ, हाइब्रिड काँक्रो ५० रुपैयाँ, रुखकटहर ७० रुपैयाँ र चाइनिज नासपाती २५० रुपैयाँ प्रतिकिलोमा बिक्री भइरहेको छ।
नेपाली मेवा ८० रुपैयाँ, भारतीय मेवा ९० रुपैयाँ तथा एभोकाडो प्रतिकिलो ८०० रुपैयाँ कायम गरिएको समितिले जनाएको छ।



