पेस्तोल र लागुऔषधसहित चार जना पक्राउ

हिमाल प्रेस १८ वैशाख २०८३ १९:१३ | Friday, May 1, 2026
18
SHARES
पेस्तोल र लागुऔषधसहित चार जना पक्राउ

काठमाडौँ– लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले एक थान पेस्तोल, म्यागेजिन र लागुऔषधसहित चार जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा बूढानीलकण्ठ नगरपालिका–५ का २३ वर्षीय कबिर देउला, ४२ वर्षीया सविना पोडे, २६ वर्षीय संसार सिटौला र ललितपुर गोदावरी नगरपालिका–११ का २६ वर्षीय सुवास शाही रहेको लागुऔषध नियन्त्रण ब्यूरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीले जानकारी दिए।

उनले भने, ‘काठमाडौँका विभिन्न स्थानबाट हाम्रो टोलीले एक थान पेस्तोल, म्यागेजिन, गोली र लागुऔषध ट्रामाडोलसहित चार जना पक्राउ गरेको छ। उनीहरूका बारेमा अनुसन्धान भइरहेको छ।’

उनका अनुसार पक्राउ परेकाहरूको साथबाट प्रहरीले पेस्तोल एक थान, सोही पेस्तोलको म्याग्जिन तीन थान, सोही पेस्तोलको गोली चार राउन्ड, एसएलआर हतियारको गोली दुई राउन्ड र नियन्त्रित लागुऔषध ट्रामाडोल १६ हजार ७५० ट्याब्लेट प्रहरीले बरामद गरेको छ।

पक्राउ परेकाहरूका सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको प्रवक्ता रेग्मीले बताए।

प्रकाशित: १८ वैशाख २०८३ १९:१३ | Friday, May 1, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − thirteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast