फेवातालमा फसेका पाँच भारतीयको उद्धार

हिमाल प्रेस २४ वैशाख २०८३ १८:५२ | Thursday, May 7, 2026
16
SHARES
फेवातालमा फसेका पाँच भारतीयको उद्धार

काठमाडौँ- हावाहुरी र छालका कारण फेवातालमा डुंगामा फसेका पाँच जना भारतीय नागरिकहरू आज (बिहीबार) सशस्त्र प्रहरीले उद्धार गरेको छ। उद्धार गरिएकाहरूमा ललिता केम्बागी, याल्लेसा, प्रविणा काले, भास्कर याल्लेस काले र निलाकांक्षा रहेका छन्।

फेवातालमा काठको डुंगामा सवार उनीहरू फसेको भन्ने खबर पाएपछि फेवाताल वाच एन्ड रेस्क्यु टावरबाट सशस्त्र प्रहरी सहायक निरीक्षक देवेन्द्र केसीको कमान्डमा खटिएको टोलीले उनीहरूको सकुशल उद्धार गरेको सशस्त्र प्रहरी सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए।

प्रकाशित: २४ वैशाख २०८३ १८:५२ | Thursday, May 7, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast