अर्थमन्त्री वाग्ले र अमेरिकी दूत गोरबीच भेटवार्ता, लगानी र व्यावसायिक साझेदारीमा जोड

हिमाल प्रेस १८ वैशाख २०८३ १७:२७ | Friday, May 1, 2026
22
SHARES
अर्थमन्त्री वाग्ले र अमेरिकी दूत गोरबीच भेटवार्ता, लगानी र व्यावसायिक साझेदारीमा जोड

काठमाडौँ- अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र अमेरिकाका दक्षिण तथा मध्य एसिया मामिलाका विशेष दूत एवं भारतका लागि आवासीय राजदूत सर्जियो गोरबीच आज (शुक्रबार) भेटवार्ता भएको छ।  सिंहदरबारस्थित अर्थ मन्त्रालयमा उनीहरूबीच छलफल भएको हो। भेटमा अमेरिकी लगानी र व्यावसायिक साझेदारीका विषयमा छलफल भएको थियो।

सो अवसरमा नेपालको आर्थिक सुधार, लगानीमैत्री वातावरण निर्माणका प्रयास तथा क्षेत्रीय सम्पर्क सञ्जाल विस्तारका योजनाबारे जानकारी गराइएको थियो।

नेपाल र अमेरिकाबीच लामो समयदेखिको मित्रतापूर्ण सम्बन्ध रहँदै आएको छ। पछिल्ला वर्षहरूमा पूर्वाधार, ऊर्जा तथा मानव विकासका क्षेत्रमा अमेरिकी सहयोग उल्लेखनीय छ।

उनी भारतमा राजदूतका रूपमा यस क्षेत्र हेर्ने जिम्मेवारीसहित आएका थिए। दिल्ली आएपछि उनी दक्षिण एसियाली देशका राष्ट्रप्रमुख र सरकार प्रमुखहरूसँग उच्चस्तरीय भेटका निम्ति सक्रिय छन्। गोर बिहीबार साँझ काठमाडौँ ओर्लेका हुन्। उनी शनिबार साँझ दिल्ली फर्कनेछन्।

प्रकाशित: १८ वैशाख २०८३ १७:२७ | Friday, May 1, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + 17 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast