काठमाडौँ- रोशी खोलामा फसेकाहरूले सशस्त्र प्रहरीले उद्धार गरेको छ। काभ्रेकाे नमोबुद्ध नगरपालीका-६, चौकीडाँडा र रोशी गाउँपालिका-७, चारसय बेँसीस्थित रोशी खोलामा पानीको सतह बढ्दे सडक कटान गर्दा बाटो पूर्णरूपमा अवरोध भएको थियो।
सडक अवरुद्ध हुँदा पाँचवटा इभी हाइस गाडी खोलामा फसेको थियो। सो जानकारी पाउनासाथ नं. १५ गण काभ्रे र मनसुन प्रतिकार्य बेस भकुण्डेबाट सशस्त्र प्रहरीको टोली तत्कालै उद्धार कार्यका लागि खटिएको छ।
सशस्त्र प्रहरीका अनुसार सम्भावित जोखिमलाई मध्यनजर गर्दै बिपी राजमार्ग सडकखण्डमा आवतजावत गर्ने १६० सवारीसाधनहरु रोशी गाउँपालिका-७, लासटोलमा रोकेर राखिएको छ।
प्रकाशित: २१ वैशाख २०८३ २१:२९ | Monday, May 4, 2026
प्रतिक्रिया



