घरमा चट्याङ पर्दा २ जना गम्भीर घाइते

हिमाल प्रेस ९ जेठ २०८३ ९:०७ | Saturday, May 23, 2026
8
SHARES
घरमा चट्याङ पर्दा २ जना गम्भीर घाइते

तनहुँ- तनहुँमा घरमा परेको चट्याङ लागेर दुईजना गम्भीर घाइते भएका छन्। शुक्रबार साँझ व्यास नगरपालिका १४ रुम्सी निवासी सन्तराज थापाको घरमा एक्कासी चट्याङ पर्दा दुईजना घाइते भएका हुन्। जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार घाइते हुनेमा नवलपरासी पूर्वको बुलिङटार गाउँपालिका १ बस्ने बस्ने वर्ष ३५ की भिम कुमारी थापा र व्यास नगरपालिका १४ रुम्सी बस्ने वर्ष ६७ की पुरन माया थापा छन्।

उनीहरुलाई राति नै प्रदेश अस्पताल दमौली सामान्य उपचार पश्चात थप उपचारको चितवन मेडिकल कलेज भरतपुर लगिएको प्रहरीले जनाएको छ। उनीहरु दुवैको अवस्था गम्भीर रहेको चिकित्सकले बताएका छन्।

प्रकाशित: ९ जेठ २०८३ ९:०७ | Saturday, May 23, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast