दोषी ठहर भई सजाय भुक्तान गर्न बाँकी रहेका १६ फरार प्रतिवादी पक्राउ

हिमाल प्रेस २९ वैशाख २०८३ १०:१६ | Tuesday, May 12, 2026
6
SHARES
दोषी ठहर भई सजाय भुक्तान गर्न बाँकी रहेका १६ फरार प्रतिवादी पक्राउ

काठमाडौँ- जिल्ला प्रहरी कार्यालय बाराले विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भई सजाय भुक्तान गर्न बाँकी रहेका १६ जना फरार प्रतिवादीहरूलाई पक्राउ गरेको छ।

बारा जिल्ला अदालतबाट दण्ड सजाय तोकिएपछि फरार रहँदै आएका उनीहरूलाई जिल्लाका विभिन्न स्थानबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो।

प्रहरीका अनुसार पक्राउ पर्नेहरूमा चेक अनादर, भैँसी चोरी, सवारी ज्यान, खोटा चलन, कुटपिट र सरकारी छाप दस्तखत किर्ते जस्ता मुद्दाका प्रतिवादीहरू रहेका छन्। पक्राउ परेका व्यक्तिहरूलाई फैसला कार्यान्वयनका लागि बारा जिल्ला अदालतमा बुझाइएको छ।

 

प्रकाशित: २९ वैशाख २०८३ १०:१६ | Tuesday, May 12, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + 20 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast