बौद्धबाट १२ केजी लागुऔषध बरामद

हिमाल प्रेस ६ जेठ २०८३ ८:२४ | Wednesday, May 20, 2026
बौद्धबाट १२ केजी लागुऔषध बरामद फाइल तस्बिर।

काठमाडौँ- प्रहरीले काठमाडौँको बौद्धबाट १२ केजी लागुऔषध पोल्याण्ड बरामद गरेको छ । मंगलबार उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले एकथान पेस्तोल र एकथान एयरगन सहित ६ जनालाई पक्राउ गरेको हो।

लागुऔषध प्रयोगकर्ताले गाँजालाई पेलेर धुलो बनाएर चुरोटमा राखेर खाने बस्तुलाई पोल्याण्ड भन्ने गरिन्छ । लागुऔषध प्रयोगकर्तालाई पक्राउ गरेपछि अनुसन्धान गर्दा उनीहरूसँग हतियार पनि रहेको खुलेको थियो ।

बौद्ध स्थित जबमुडाँडाको फोहोरमैला सङ्कलन केन्द्रमा लुकाएर राखेको अवस्थामा एउटा पेस्तोल र एउटा एयरगन बरामद गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काले रातोपाटीलाई बताए ।

प्रहरीले घटनामा संलग्न ६ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुली घर भएका विनोद अधिकारी, विकाश सुनुवार, सुदिप परियार र सक्सन दोर्जे लामा लगायत छन् । आरोपीहरुमाथि अनुसन्धान भइरहेको एसएसपी खड्काले जानकारी दिए ।

प्रकाशित: ६ जेठ २०८३ ८:२४ | Wednesday, May 20, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast