काठमाडौँ- तीनजना प्रहरी सहायक हबलदारसहित ११ जना प्रहरी कर्मचारीलाई एक साताभित्र सम्पर्कमा आउन प्रहरी प्रधान कार्यालयले आग्रह गरेको छ।
प्रहरी प्रधान कार्यालयको कानुन शाखाले आज सूचना जारी गर्दै ११ जना प्रहरी लामो समयदेखि गैरहाजिर रहेका भन्दै उनीहरूलाई सम्पर्कमा आउन सात दिनको समय दिएको हो। लामो सयमदेखि सम्पर्कविहीन भएका उनीहरूलाई एक साताभित्र सम्पर्कमा नआए सेवाबाट हटाइने सूचनामा उल्लेख छ।
हेर्नुहोस् सूचना

प्रकाशित: ११ जेठ २०८३ ९:०३ | Monday, May 25, 2026
प्रतिक्रिया




