कर्मचारीको तलब १० प्रतिशत वृद्धि

हिमाल प्रेस १५ जेठ २०८३ १७:४२ | Friday, May 29, 2026
84
SHARES
कर्मचारीको तलब १० प्रतिशत वृद्धि

काठमाडौँ- सरकारले निजामती कर्मचारीको तलब १० प्रतिशत वृद्धि गरेको छ। शुक्रबार संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा.स्वर्णीम वाग्लेले यो जानकारी दिए।

पछिल्लो चार वर्षदेखि राष्ट्रसेवक कर्मचारीको तलब वृद्धि नभएको र यस अवधिमा मूल्यवद्धि १७.३ प्रतिशले वृद्धि भएको उनले बताए। वाग्लेले कर्मचारीले हाल प्राप्त गरिरहेको महँगी भत्तालाई निरन्तरता दिँदै सुरु स्केलमा १० प्रतिशत तलब वृद्धि गरेको जानकारी दिए। उनले कार्यसम्पादनमा आधारित पारिश्रमिक प्रणालीको सुरुवात गर्न नयाँ तलबमानको १० प्रतिशत महँगी भत्ताको व्यवस्था गरिएको बताए। यसबाट हाल खाइपाइ आएको पारिश्रमिकमा करिब २१ प्रतिशत खुद वृद्धि भइ ग्रेडसहित न्यूनतम पारिश्रमिक करिब ४० हजारदेखि एक लाख रुपैयाँमाथि पुग्ने उनले बताए।

प्रकाशित: १५ जेठ २०८३ १७:४२ | Friday, May 29, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast