किन पक्राउ परे सुकुमबासीका ३ नेता?

हिमाल प्रेस १२ वैशाख २०८३ ६:४६ | Saturday, April 25, 2026
14
SHARES
किन पक्राउ परे सुकुमबासीका ३ नेता?

काठमाडौँ- सुकुमबासी बस्ती हटाउँदा अवरोध गर्न सक्ने आशंकामा प्रहरीले थप ३ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा संयुक्त राष्ट्रिय सुकुमबासी मोर्चाका महासचिव आरएन कुँवर, सल्लाहकार दलमर्दन कार्मी र दिनेश सुनार छन्। उनीहरूलाई थापाथली क्षेत्रबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले बताए ।

शुक्रबार प्रहरीले सुकुमबासी मोर्चाका कार्यवाहक अध्यक्ष नारायण परिश्रमी भन्ने नारायण परियारलाई पक्राउ गरेको थियो। २०७९ मा काठमाडौँ महानगरपालिकाले थापाथलीस्थित सुकुमबासी बस्ती खाली गराउन खोज्दा परिश्रमीले महानगरका सुरक्षाकर्मीहरूलाई आक्रमण गरेका थिए । उनी ज्यान मार्ने उद्योग मुद्दामा फरार देखिएको एसपी भट्टराईले बताए ।

प्रकाशित: १२ वैशाख २०८३ ६:४६ | Saturday, April 25, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast