वैशाख ९ मा एमालेले पार्टी स्थापना दिवस मनाउने

हिमाल प्रेस ५ वैशाख २०८३ ६:२५ | Saturday, April 18, 2026
18
SHARES
वैशाख ९ मा एमालेले पार्टी स्थापना दिवस मनाउने नेपाल कम्युनिष्ट पार्टी (एमाले) को केन्द्रीय कार्यालय, च्यासलमा आइतबार भएको सचिवालय बैठकमा सहभागी अध्यक्ष केपी शर्मा ओलीलगायत पदाधिकारीहरु । तस्बिरः अध्यक्ष ओलीको सचिवालय/ रासस

काठमाडौँ- नेकपा एमालेले वैशाख ९ गते पार्टी स्थापना दिवस मनाउने भएको छ। एमाले केन्द्रीय कार्यालयको आज बसेको बैठकले पार्टी स्थापना दिवस विभिन्न रचनात्मक कार्यक्रम आयोजना गरी मनाउने निर्णय गरेको हो।

महासचिव शंकर पोखरेलको अध्यक्षतामा केन्द्रीय कार्यालय, च्यासलमा बसेको बैठकले पार्टी स्थापना दिवसमा कार्यक्रम आयोजना गर्ने निर्णय गर्नुका साथै पार्टीको यसअघि निर्धारित केही कार्यक्रमलाई संशोधन गरेको छ।

बैठकले सबै जिल्ला कमिटीहरूले यही वैशाख ९ गते सबै जिल्लामा अनिवार्य रूपमा विभिन्न रचनात्मक कार्यक्रम आयोजना गर्ने निर्णय गरेको छ।

पार्टीका कार्यालय सचिव डा‍ भीष्म अधिकारीका अनुसार, उपत्यकाको हकमा भने वैशाख ९ गते दिउँसो २ बजे केन्द्रीय कार्यालय, च्यासलमा कार्यक्रम आयोजना गरिने भएको छ।

प्रकाशित: ५ वैशाख २०८३ ६:२५ | Saturday, April 18, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − thirteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast