काठमाडौँ- माईजोगमाई गाउँपालिका–३ चम्लेटारस्थित मन्दिर नजिक आज ट्रक दुर्घटना भएको छ। नामसालिङबाट झापा तर्फ गोलिया बोकेर जाँदै गरेको ना ५ च २१९७ नम्बरको ट्रक सडकबाट अन्दाजी १०० मिटर तल खसेको प्रहरीले जनाएको छ। दुर्घटनामा ट्रक चालक मात्रै रहेका थिए।
उनको टाउकोमा चोट लागेको छ भने उनी बोल्न सक्ने अवस्थामा रहेका छन्। घाइते चालकलाई उपचारका लागि अस्पताल लगिएको प्रहरीले जानकारी दिएको छ। उक्त ट्रक झापाको रहेको र चालक इलामको सूर्योदय नगरपालिका–२, पशुपतिनगर निवासी रहेको समेत प्रहरीले जनाएको छ।
प्रकाशित: १२ वैशाख २०८३ १०:२१ | Saturday, April 25, 2026
प्रतिक्रिया




