असन क्षेत्रमा व्यापारिक परम्परागत व्यापारिक प्रवर्द्धन कार्यक्रम

हिमाल प्रेस ५ वैशाख २०८३ १५:२७ | Saturday, April 18, 2026
16
SHARES
असन क्षेत्रमा व्यापारिक परम्परागत व्यापारिक प्रवर्द्धन कार्यक्रम

काठमाडौँ- काठमाडौँको प्राचीन असन क्षेत्रमा शनिबारदेखि सामाजिक, सांस्कृतिक तथा परम्परागत व्यापारिक प्रवद्र्धन कार्यक्रम सुरु गरिएको छ।

असन क्षेत्रको मौलिकतालाई जोगाउन काठमाडौँ महानगरपालिकाले हरेक शनिबार जीवन्त र समृद्ध असन कार्यक्रम सुरु गरेको हो।

काठमाडौँको सांस्कृतिक पहिचान, सहरभित्रका परम्परागत जीवनशैली, जात्रा पर्व, संस्कार, संस्कृतिको पुरस्तान्तरण र पूर्खाको ज्ञान र सिपलाई निरन्तरता दिने उदेश्यले प्रवद्र्धन गरिएको महानगरले जनाएको छ।

कमलाछी चोक, भोटाहिटी चोक र महाबौद्धबाट असनसम्मको क्षेत्रमा सामाजिक, सांस्कृतिक तथा परम्परागत व्यापारिक प्रवर्धन कार्यक्रम आयोजना गरिएपछि सो क्षेत्रमा हरेक शनिबार सवारीसाधन प्रवेशमा पूर्ण रुपमा रोक लगाइएको छ।

यस क्षेत्रलाई सम्पदा मार्गका रूपमा विकास गरेर स्थानीय परम्परागत तथा रैथाने व्यापार व्यवसायलाई प्रवद्र्धन गरिने महानगरले जनाएको छ।

प्रकाशित: ५ वैशाख २०८३ १५:२७ | Saturday, April 18, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast