वार्ता गर्ने कुरा स्वागतयोग्य रहे पनि अमेरिकाको धम्कीले बाधा पुर्‍याइरहेको छ : इरान

हिमाल प्रेस १० वैशाख २०८३ ९:४९ | Thursday, April 23, 2026
4
SHARES
वार्ता गर्ने कुरा स्वागतयोग्य रहे पनि अमेरिकाको धम्कीले बाधा पुर्‍याइरहेको छ : इरान इरानका राष्ट्रपति मसूद पेजेस्कियान

काठमाडौँ- इरानका राष्ट्रपति मसुद पेजेस्कियानले अमेरिकासँग वार्ता गर्ने कुरा स्वागतयोग्य रहेको तर धम्कीले यसमा बाधा पुर्‍याइरहेको बताएका छन्। पाकिस्तानमा अमेरिका र इरानबीच दोस्रो चरणको वार्ता हुने चर्चा चलिरहेका बेला इरानी राष्ट्रपतिको प्रतिक्रिया आएको हो।

राष्ट्रपति पेजेस्कियानले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘इरानले वार्ता र सम्झौताको स्वागत गर्छ र आगामी दिनमा पनि गरिरहनेछ। वाचा तोड्नु, नाकाबन्दी र धम्की वार्ताका लागि प्रमुख बाधा हुन्।’ उनले अगाडि लेखेका छन्, ‘विश्वले तपाईंको (अमेरिकाको) कहिल्यै अन्त्य नहुने दोहोरो बोली, दाबी र कामबीच भिन्नता देखिरहेको छ।’

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबारसम्म इरानसँग पाकिस्तानमा दोस्रो चरणको वार्ता सुरु हुने सम्भावना रहेको बताएका छन्।

प्रकाशित: १० वैशाख २०८३ ९:४९ | Thursday, April 23, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast