नदी किनारका सुकुम्बासी बस्ती आजबाट हटाइँदै

हिमाल प्रेस १२ वैशाख २०८३ ६:१६ | Saturday, April 25, 2026
नदी किनारका सुकुम्बासी बस्ती आजबाट हटाइँदै काठमाडौँ महानगरपालिका–९ स्थित गैरीगाउँ क्षेत्रमा सरकारी जग्गा अतिक्रमण गरी निर्माण गरिएका टहरा। सरकारको निर्देशनअनुसार यस्ता संरचना हटाउने तयारी गरिएको छ। तस्बिरः विमलबहादुर विष्ट/रासस

काठमाडौँ- नदी किनारका सार्वजनिक तथा सरकारी जग्गामा रहेका अनधिकृत सुकुमबासी बस्तीहरू हटाउने कार्य आज (शनिबार) बिहानैदेखि सुरु हुने भएको छ । काठमाडौँ जिल्ला प्रशासन कार्यालयको पूर्व सूचना अनुसार  नदीको प्राकृतिक बहावमा नकारात्मक असर परेको र सहरी पूर्वाधार निर्माणमा अवरोध पुगेको भन्दै प्रशासनले वैशाख ११ गते (शुक्रबार) साँझ ७ बजेसम्म ती संरचना खाली गर्न अन्तिम समय सीमा तोकेको थियो ।

उक्त समय सीमा सकिएसँगै आज वैशाख १२ गते बिहान ६ बजेदेखि नै अनधिकृत घरटहराहरू भत्काउने र अतिक्रमित क्षेत्र पूर्ण रूपमा खाली गराउने प्रक्रिया अघि बढाइने भएको हो ।

प्रशासनले शुक्रबार नै सूचना जारी गरी घरटहरा खाली गर्न तथा आफ्ना निजी सामान, लत्ताकपडा र घरपालुवा जनावर सुरक्षित स्थानमा सार्न आग्रह गरेको थियो । विशेषगरी बालबालिका, ज्येष्ठ नागरिक, गर्भवती, सुत्केरी र अपाङ्गता भएका व्यक्तिहरूलाई प्राथमिकतामा राखेर सुरक्षित स्थानान्तरण गर्न प्रशासनले निर्देश गरेको छ ।

बस्ती खाली गराउने कार्यमा कुनै पनि अवरोध सिर्जना भएमा कानुनअनुसार कडा कारबाही गरिने चेतावनी दिइएको छ ।

प्रशासनका अनुसार आगामी १० देखि १५ दिनभित्र वास्तविक भूमिहीन सुकुमबासीहरूको पहिचान र लगत संकलन गरी उनीहरूको उचित बसोबासको व्यवस्था मिलाइने तयारी छ ।

 

प्रकाशित: १२ वैशाख २०८३ ६:१६ | Saturday, April 25, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast