खाली गराइयो गैरीगाउँको सुकुम्बासी बस्ती

हिमाल प्रेस १२ वैशाख २०८३ १७:५१ | Saturday, April 25, 2026
18
SHARES
खाली गराइयो गैरीगाउँको सुकुम्बासी बस्ती

काठमाडौँ– काठमाडौँ महानगरपालिका–९ स्थित गैरीगाउँको सुकुम्बासी बस्ती खाली गरिएको छ। गैरीगाउँमा अतिक्रमण गरी निर्माण गरिएका घरटहरा हटाइएको हो।

उक्त टोली सिनामङ्गलस्थित सुकुम्बासी बस्ती हटाउनका लागि त्यसतर्फ गएको छ। नेपाल सरकारको निर्देशनअनुसार अतिक्रमण गरी निर्माण गरिएका संरचना तथा बस्ती भत्काउने अभियान शनिबार बिहानदेखि तीव्र बनाइएको हो।

शनिबार दिउँसोदेखि सुरु गरिएको उक्त अभियानमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा काठमाडौँ महानगर प्रहरीको संयुक्त टोली परिचालन गरिएको छ।

सुरक्षाकर्मीहरूको उल्लेख्य उपस्थितिमा गैरीगाउँमा रहेका बस्तीका अस्थायी तथा स्थायी संरचना हटाएर अहिले सिनामंगलस्थित सुकुम्बासी बस्तीका घर भत्काउन सुरु गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिए।

उनले भने, ‘गैरीगाउँमा भएका बस्ती हटाएर अब टोली सिनामङ्गलस्थित सुकुमबासी बस्ती हटाउन खटिएको छ।’

हालसम्म बस्ती हटाउने क्रममा कुनै ठूला अवरोध वा झडपको अवस्था सिर्जना नभएको प्रहरीले जनाएको छ। महानगर प्रहरीका अनुसार गैरीगाउँमा कम्तीमा पनि एक सय घर टहरा भत्काइएको छ।

प्रकाशित: १२ वैशाख २०८३ १७:५१ | Saturday, April 25, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast