नेपालगञ्जमा गोली चल्यो

हिमाल प्रेस १२ वैशाख २०८३ १७:२१ | Saturday, April 25, 2026
50
SHARES
नेपालगञ्जमा गोली चल्यो प्रतिनिधिमूलक तस्बिर

काठमाडौँ- नेपालगञ्जमा गोली चलाएर प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ। नेपालगञ्ज–२२ शान्तिचोकमा गोली चलाएर प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको हो।

लागुऔषध कारबार गर्नेलाई पक्राउ गर्ने क्रममा प्रहरीले गोली चलाएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक रमेश विष्टले जानकारी दिए।

उनले भाग्न लागेपछि हवाई फायर गरेर लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिएको बताए।

उनीहरूको साथबाट ४१५ ग्राम ब्राउन सुगर बरामद भएको विष्टले बताए। प्रहरीले पक्राउ परेकाहरूको नाम खोलाएको छैन।

घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: १२ वैशाख २०८३ १७:२१ | Saturday, April 25, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + 14 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast