काठमाडौँ- रोल्पामा आज (बिहीबार) यात्रुवाहक जिप दुर्घटना हुँदा २० जनाको मृत्यु भएको छ। रुकुमपूर्वबाट रोल्पाको जलजलातर्फ जाँदै गरेको जिप थवाङ-१, जलजलामा दुर्घटना भएको हो।
लु १ ज ४१६७ नम्बरको जिप भीरबाट अन्दाजी ८ सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको हो। प्रहरीका अनुसार हालसम्म २० जनाको शव निकालिएको छ, अन्यको खोजी कार्य जारी छ।
प्रकाशित: १७ वैशाख २०८३ १९:०९ | Thursday, April 30, 2026
प्रतिक्रिया




