रातो मच्छिन्द्रनाथको रथ लगनखेल पुर्‍याइयो

हिमाल प्रेस १४ वैशाख २०८३ ६:४६ | Monday, April 27, 2026
रातो मच्छिन्द्रनाथको रथ लगनखेल पुर्‍याइयो

ललितपुर- ललितपुरमा जारी रातो मच्छिन्द्रनाथ जात्राअन्तर्गत आइतबार रथ तानेर लगनखेल बसपार्क पुर्‍याइएको छ । जात्राको पहिलो दिन गाःबहाल पुर्‍याइएको रथलाई त्यसपछि मङ्गलबजार, सुनधारा र चाःबहाल हुँदै आइतबार लगनखेल पुर्‍याइएको हो ।

वर्षा र सहकालका देवताका रूपमा पूजा गरिने रातो मच्छिन्द्रनाथलाई ३२ हात अग्लो रथमा वैशाख ५ गते पूजाअर्चनासहित विराजमान गराइएपछि वैशाख ८ गते रथ तानेर जात्रा औपचारिक रूपमा सुरु गरिएको थियो ।

गुथी संस्थानका प्रवक्ता जनक पोख्रेलका अनुसार रथ निर्माणदेखि जात्रा सम्पन्न नहुन्जेलसम्म गुथी संस्थानको महत्त्वपूर्ण भूमिका रहने गर्दछ । साथै रथ तान्ने र अन्य व्यवस्थापन कार्यमा पनि संस्थान सक्रिय रूपमा लागेको छ ।

उनका अनुसार रथ लगनखेल पुर्‍याएपछि महाबलि पूजा गरिने र साइत हेराएर रथको टुप्पोबाट नरिवल खसाल्ने प्रचलन छ । नरिवल खसालिएको भोलिपल्ट महिलाहरूले मात्र रथ तान्ने परम्परा छ ।

त्यसपछि रथलाई इटीटोलबाट पश्चिमतर्फ कुमारीपाटी हुँदै जावलाखेलस्थित ललितमण्डप पुर्याइन्छ, जहाँ भोटो देखाउने कार्यक्रम गरिन्छ । राष्ट्रप्रमुखबाट भोटो देखाएपछि यस वर्षको रातो मच्छिन्द्रनाथ जात्रा सम्पन्न हुन्छ ।

 

प्रकाशित: १४ वैशाख २०८३ ६:४६ | Monday, April 27, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + thirteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast