‘निर्मम’ ढंगले सुकुम्बासी बस्ती खाली गराउन प्रधानमन्त्रीले दिएको निर्देशनप्रति रक्षा बमको असन्तुष्टि

हिमाल प्रेस १० वैशाख २०८३ ८:०२ | Thursday, April 23, 2026
12
SHARES
‘निर्मम’ ढंगले सुकुम्बासी बस्ती खाली गराउन प्रधानमन्त्रीले दिएको निर्देशनप्रति रक्षा बमको असन्तुष्टि

काठमाडौँ- जेनजी अभियन्ता रक्षा बमले प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ले सुकुम्बासी बस्तीहरू खाली गर्न सुरक्षा निकायका प्रमुखहरूलाई दिएको निर्देशनप्रति असन्तुष्टि जनाएकी छन्। उनले सुकुम्बासी बस्तीहरू खाली गर्न निर्देशन प्रधानमन्त्री बालेनको ‘अपरिपक्वता’ मात्र नभई जनताप्रति सिंगो रास्वपाको ‘राजनीतिक बेइमानी’ भएको टिप्पणी गर्दै असन्तुष्टि जनाएकी हुन्।

प्रधानमन्त्री शाहले बुधबार सुरक्षा निकायका प्रमुखहरूलाई बोलाएर सुकुम्बासी बस्ती खाली गर्न निर्देशन दिएका थिए। सोही सन्दर्भमा बमले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘बालेन, तपाईंले जानेकै यत्ति हो? यदि यस्तै हो भने, यो तपाईंको अपरिपक्वता मात्र होइन, जनताप्रति सिंगो रास्वपाको राजनीतिक बेइमानी हो।’ बालेनले प्रहरीलाई सबै अवरोधबाट हटेर अतिक्रमिक क्षेत्र हटाउन निर्देशन दिएका थिए।

प्रकाशित: १० वैशाख २०८३ ८:०२ | Thursday, April 23, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + 13 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast