श्रीकृष्ण मृत्युको निष्पक्ष छानबिन माग गर्दै माइतीघरमा धर्ना

हिमाल प्रेस १२ वैशाख २०८३ १७:०१ | Saturday, April 25, 2026
14
SHARES
श्रीकृष्ण मृत्युको निष्पक्ष छानबिन माग गर्दै माइतीघरमा धर्ना

काठमाडौँ- सिन्धुलीस्थित इलाका प्रहरी कार्यालय खुर्कोटको हिरासतभित्र युवकको मृत्यु भएको घटनाको निष्पक्ष छानबिनको माग गर्दै काठमाडौँमा प्रदर्शन गरिएको छ।

सुनकोशी गाउँपालिका– ३ जुम्लीडाँडाका २३ वर्षीय श्रीकृष्ण विकको प्रहरी हिरासतमा रहेका बेला गत ७ वैशाखमा मृत्यु भएको घटनाको निष्पक्ष छानबिनको माग गर्दै संयुक्त राजनीतिक दलित संघर्ष समितिले शनिबार काठमाडौँको माइतीघरमा विरोध प्रदर्शनसहित धर्ना दिएका हुन्।

धर्नामा बिभिन्न राजनीतिक दलका सांसद र नेताहरु समेत सहभागी भएका छन्। उनीहरुले ‘दलित समुदायमाथि भइरहेका छुवाछत, विभेद, बहिष्कार र दमन बन्द गर, प्रहरी हिरासतमा मारिएका सिन्धुलीका श्रीकृष्ण बिकलाई न्याय दे’ लगायतका प्लेकार्ड प्रदर्शन गरेका थिए।

खोटाङको एक बालिकासँग अन्तरजातीय प्रेमविवाह गरेपछि बालिकाको परिवारले जबरजस्ती करणीको मुद्दा दर्ता गराएपछि प्रहरीले उनलाई पक्राउ गरेको थियो।

श्रीकृष्णलाई बलात्कारको झुटा मुद्दा लगाएर फसाइएको र प्रहरी हिरासतभित्र भएको घटना स्वीकार गर्न नसकिने भन्दै पीडित परिवार र अधिकारकर्मी समेत आन्दोलनमा छन्। उनीहरुले घटनाको न्यायीक छानविनको माग गरेका छन्।

प्रकाशित: १२ वैशाख २०८३ १७:०१ | Saturday, April 25, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + 16 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast