विद्यालय कर्मचारी र ईसीडी शिक्षकको तलब १९,५०० पुर्‍याउने तयारी

हिमाल प्रेस १५ वैशाख २०८३ १३:५४ | Tuesday, April 28, 2026
1.1k
SHARES
विद्यालय कर्मचारी र ईसीडी शिक्षकको तलब १९,५०० पुर्‍याउने तयारी बालविकास कक्षा । तस्बिर : एआई

काठमाडौँ- सरकारले सामुदायिक विद्यालयका कर्मचारी र प्रारम्भिक बालविकास सहजकर्ता (ईसीडी शिक्षक) को तलब नयाँ आर्थिक वर्षदेखि १९ हजार ५०० रुपैयाँ पुर्‍याउने तयारी गरेको छ।

गत चैतमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले पद तथा गोपनीयताको शपथ लिएपछि मन्त्रालयमा सचिवहरूसँग भएको ब्रिफिङमा न्यूनतम पारिश्रमिक वृद्धि गर्ने विषय अघि बढाउन निर्देशन दिएका थिए।

शिक्षा क्षेत्रमा व्यापक सुधारका लागि १४ बुँदे एजेन्डा सार्वजनिक

मन्त्रालय स्रोतका अनुसार शिक्षामन्त्रीले पदभार ग्रहण गरेलगत्तै सचिवहरूसँग विद्यालय कर्मचारी र ईसीडी शिक्षकको न्यूनतम पारिश्रमिक १९ हजार ५०० रुपैयाँ पुर्‍याउने विषयमा छलफल भएको र सोहीअनुसार प्रक्रिया अघि बढाइएको छ।

हाल विद्यालय कर्मचारीले संघीय सरकारबाट १३ हजार ५०० र ८ हजार रुपैयाँ पाउँदै आएका छन् भने ईसीडी शिक्षकले १० हजार रुपैयाँ तलब पाउँदै आएका छन्।

सरकारले यसअघि नै न्यूनतम पारिश्रमिक १९ हजार ५०० रुपैयाँ तोकिसकेको छ।

तलब वृद्धि माग गर्दै विद्यालय कर्मचारी र ईसीडी शिक्षकहरूले शिक्षामन्त्री, शिक्षा समितिका सभापति तथा सांसदहरूको ध्यानाकर्षण गराइसकेका छन्।

ट्रेड युनियन अधिकारमा हस्तक्षेप अस्वीकार्य : शिक्षक नेताहरू (भिडियोसहित)

प्रकाशित: १५ वैशाख २०८३ १३:५४ | Tuesday, April 28, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 − three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast