इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु

हिमाल प्रेस ९ वैशाख २०८३ १३:३९ | Wednesday, April 22, 2026
4
SHARES
इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु

इटहरी- इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ। इटहरी उपमहानगरपालिका–१६ स्थित पूर्व–पश्चिम सडकखण्डमा सुनसरीको झुम्काबाट कान्छीचोकतर्फ आउँदै गरेको प्रदेश १–०२–००१ क ५०९४ नम्बरको नव ज्योति बोर्डिङ स्कुलको बसले बाटो क्रस गर्दै गरेको पैदलयात्रीलाई ठक्कर दिँदा दुर्घटना भएको हो।

दुर्घटनामा सोही स्थानका अन्दाजी ७१ वर्षीय लेखबहादुर श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। घटनामा गम्भीर घाइते भएका श्रेष्ठको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको प्रहरीको भनाइ छ।

घटनामा संलग्न बस चालक इनरुवा नगरपालिका–३ बस्ने २८ वर्षीय वीरेन्द्र सदा मुसहरलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान सुरू गरेको छ ।

प्रकाशित: ९ वैशाख २०८३ १३:३९ | Wednesday, April 22, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast