अध्यादेश जारी नगर्न राष्ट्रपतिलाई विपक्षीदलहरूको सुझाव

हिमाल प्रेस १६ वैशाख २०८३ १५:०१ | Wednesday, April 29, 2026
14
SHARES
अध्यादेश जारी नगर्न राष्ट्रपतिलाई विपक्षीदलहरूको सुझाव

काठमाडौँ- संघीय संसदमा प्रतिनिधित्व गर्ने विपक्षी दलहरूले हालै जारी गरएिको अध्यादेशहरु अविलम्ब फिर्ता गर्न सरकारसँग माग गरेका छन्। .

बुधबार कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको विपक्षी दलको बैठकले संसद स्थगन गरेर ल्याएको अध्यादेशको विरोध, भत्र्सना र निन्दा गर्दै अविलम्ब फिर्ता गर्न सरकारसँग माग गरेको हो।

संसदको अधिवेशन आह्वान गरे लगतै स्थगन गरी अध्यादेश ल्याउनु असंसदीय र अलोकतान्त्रिक कदम भएको बैठकको निष्कर्ष रहेको कांगे्रस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले बताए।

बैठकले सरकारले सिफारिस गरेको अध्यादेश जारी नगर्न राष्ट्रपतिलाई आग्रह गर्ने निर्णय गरेको उनले बताए। साथै स्थगन गरिएको संघीय संसदको अधिवेशन अविलम्व आह्वान गर्न समेत माग गरिएको आङदेम्बेले जानकारी दिए।

सरकारले वैंशाख १४ गते संवैधानिक परिषद् र सहकारीसम्बन्धी अध्यादेश तथा वैंशाख १५ गते स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी अध्यादेश, केही नेपाल कानुन संशोधन गर्न बनेको अध्यादेश र विश्वविद्यालय सम्बन्धी अध्यादेश जारी गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको थियो। विपक्षी दलको बैठकमा कांग्रेस, एमाले, नेकपा र राप्रपाका नेताहरु सहभागी थिए।

प्रकाशित: १६ वैशाख २०८३ १५:०१ | Wednesday, April 29, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast