एकै दिन ४२ व्यावसायिक फर्ममाथि अनुगमन

हिमाल प्रेस ९ वैशाख २०८३ ६:२२ | Wednesday, April 22, 2026
8
SHARES
एकै दिन ४२ व्यावसायिक फर्ममाथि अनुगमन

काठमाडौँ- नियमित रूपमा बजार अनुगमन गर्दै आएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एकै दिन ४२ व्यावसायिक फर्ममाथि अनुगमन गरेको छ ।

विभागले मङ्गलबार काठमाडौँको चुच्चेपाटी, जोरपाटी, चाबहिललगायतका स्थानमा एकै पटक अनुगमन गरी सुधारात्मक निर्देशन दिएको छ । बजारलाई स्वच्छ बनाउन, कानुन कार्यान्वयन गराउन र उपभोक्ता अधिकारको संरक्षण गर्न नियमित रूपमा बजार अनुगमन गरिएको विभागले प्रस्ट पारेको छ । विभागले उपभोक्ता अधिकारकर्मी र सरोकारवालाको उपस्थितिमा नियमित अनुगमन गरिएको प्रस्ट पारेको छ ।

उपभोक्ता संरक्षण ऐन, २०७५ र उपभोक्ता संरक्षण नियमावली, २०७६ बमोजिम विभागले ती फर्मलाई कानुनको परिपालना गरी व्यवसाय गर्न आग्रह समेत गरेको छ ।

प्रकाशित: ९ वैशाख २०८३ ६:२२ | Wednesday, April 22, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast