प्रतिनिधिमूलक तस्बिर।
काठमाडौँ- हुम्लाको सर्केगाड गाउँपालिका १ खच्चा क्षेत्रमा पर्ने कर्णाली करिडोर सडकखण्डमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ।
शनिबार पहिरो खसेपछि सडकखण्ड पूर्ण रूपमा बन्द भएको हो। पहिरोका कारण दुवैतर्फ सवारीसाधन रोकिएका छन्। सडक खुलाउनका लागि प्रयास भइरहेको जनाएको छ। सर्केगाड गाउँपालिकाको एक्साभेटर पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रमुख शङ्कर खड्काले बताए।
सडकमा पहिरो खस्दा दुवैतर्फका एक दर्जनभन्दा बढी सवारीसाधन रोकिएको डिलबहादुर कार्कीले बताए। पहिरोका कारण पैदल हिड्न पनि कठिन भएको छ।
एकातिरबाट अर्कोतिर रहेका गाडीसम्म पुग्न एक घण्टा पैदल हिड्नु परिरहेको छ। जसले गर्दा यात्रुलाई आवातजावत गर्न पनि समस्या भएको छ।
प्रकाशित: १३ वैशाख २०८३ ६:३२ | Sunday, April 26, 2026
प्रतिक्रिया




