केशवराज ज्ञवालीको पुस्तक ‘अज्ञात’को लोकार्पण

हिमाल प्रेस १७ वैशाख २०८३ २०:३४ | Thursday, April 30, 2026
10
SHARES
केशवराज ज्ञवालीको पुस्तक ‘अज्ञात’को लोकार्पण

बुटवल- लेखक केशवराज ज्ञवालीको पुस्तक ‘अज्ञात’को बुधबार बुटवलमा लोकार्पण गरिएको छ। पाठक मञ्च बुटवलले एक कार्यक्रम गर्दै पुस्तकको लोकर्पण गरेको हो।  न्यू होराइजन माध्यमिक विद्यालयका प्रधानाध्यापक लोकनाथ उपाध्यायले पुस्तकको लोकार्पण गरे।

बुटवलका लेखक ज्ञवाली हाल अमेरिकावासी हुन्। ‘अज्ञात’ पुस्तकमा गोर्खा राज्यको विस्तारमा अनगन्ती अज्ञात मानिसको कथालाई उजागर गर्ने प्रयत्न गरिएको छ। लेखक ज्ञवालीले आफ्नै घरमा पुस्तकको लोकार्पण गर्न पाएकोमा खुसी व्यक्त गरे। उनले पुस्तक पढेर आलोचना गर्न समेत आग्रह गरे।

लेखक अध्येता रामचन्द्र श्रेष्ठले पुस्तकको समिक्षा गर्दै पुस्तकले नेपाल राज्य र नेपाल अंग्रेज युद्धलाई जोड्दै त्यहाँका अज्ञात पात्रहरुको कथालाई उतारेको बताए। उनले इतिहासलाई प्रेमको आलोकबाट सामान्यजनको कथा भनिएको बताए।

साथै उनले लेखक ज्ञवालीको यो पुस्तकले साहित्य जगतमा बलियो हस्तक्षेप गरेको बताए। यस्तै अर्का समीक्षक उपप्राध्यापक माया घिमिरेले पुस्तकले ओझेलमा रहेका पात्रहरुको इतिहासलाई उजागर गरेको बताइन्।

यस्तै डा. मनोज ढुंगानाले लेखकलाई पाठक मञ्चका तर्फबाट धन्यवाद ज्ञापन गर्दै आगामी लेखनकार्यको शुभकामना दिए। कार्यक्रममा पाठकमञ्चका सरिता श्रीस, लेखक सुमिनाले बोल्दै पुस्तकले इतिहासलाई खोतलेको बताए।

नेपालको वर्तमान भूगोल निर्माणमा आफ्नो प्राण र पसिना मिसाएका अज्ञात व्यक्तिहरूको कथालाई पुस्तकमा उतारिएको छ । लेखक ज्ञवालीको पहिलो कृति कथासंग्र्रह अर्को भोरले २०७८ सालको पद्मश्री साहित्य पुरस्कार प्राप्त गरेको थियो ।

प्रकाशित: १७ वैशाख २०८३ २०:३४ | Thursday, April 30, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast