रोल्पामा भीरबाट खस्यो जिप, १७ जनाको मृत्यु

हिमाल प्रेस १७ वैशाख २०८३ १८:२३ | Thursday, April 30, 2026
12
SHARES
रोल्पामा भीरबाट खस्यो जिप, १७ जनाको मृत्यु

काठमाडौँ- रोल्पामा आज (बिहीबार) यात्रुवाहक जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ। रुकुमपूर्वबाट रोल्पाको जलजलातर्फ जाँदै गरेको जिप थवाङ-१, जलजलामा दुर्घटना भएको हो।

लु १ ज ४१६७ नम्बरको जिप भीरबाट ८ सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको हो। प्रहरीका अनुसार हालसम्म १७ जनाको शव निकालिएको छ, अन्यको खोजी कार्य जारी छ।

जिपमा २० जना सवार रहेको बताइएको छ।

प्रकाशित: १७ वैशाख २०८३ १८:२३ | Thursday, April 30, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast