दुई सातादेखि बिग्रिएको इन्टरनेट सेवा सञ्चालनमा

हिमाल प्रेस १३ वैशाख २०८३ ७:१४ | Sunday, April 26, 2026
8
SHARES
दुई सातादेखि बिग्रिएको इन्टरनेट सेवा सञ्चालनमा

हुम्ला- वैशाख लागेसँगै बिग्रिएको फोरजी टावर मर्मतपछि सञ्चालनमा आएको छ। सर्केगाड गाउँपालिका–६ छ्यागीमा रहेको भुब्रेलेखअन्तर्गत खातिलेखमा रहेको फोरजी रिपिटर टावर अवरुद्ध भएपछि प्रभावित क्षेत्रका स्थानीय करिब दुई सातादेखि इन्टरनेट सेवाबाट वञ्चित हुनुपरेको थियो। उक्त टावरले वैशाख १ गतेदेखि काम गर्न छाडेको थियो।

सेवा अवरुद्ध भएपछि नेपाल टेलिकम सिमकोटको पहलमा प्राविधिक टोली परिचालन गरिएकामा शनिबार नेपाल टेलिकमका प्राविधिक उब्जन शाहीको नेतृत्वमा टोली सम्बन्धित स्थलमा पुगेर मर्मत सम्पन्न गरी फोरजी सेवा सुरु भएको हो। उक्त टावरको ब्याट्री ब्याकअपमा समस्या आउँदा इन्टरनेट सेवाले काम गर्न छाडेको र शनिबारदेखि टावरले काम गर्न थालेको उनले बताए।

टावर मर्मतपछि खार्पुनाथ–१, २ र ३ तथा सर्केगाड–१, २, ३ र ६ मा फोरजी इन्टरनेट सेवा पुनः सञ्चालन भएको सर्केगाड–७ का जीवन छत्यालले बताए । सेवा सञ्चालनमा आएपछि स्थानीय बासिन्दालाई सञ्चार तथा इन्टरनेट प्रयोगमा सहज भएको छ । त्यस्तै, खार्पुनाथ–१ का लालबहादुर शाहीले सेवा पुनस्र्थापनाप्रति खुसी व्यक्त गर्दै भविष्यमा यस्ता समस्या दोहोरिन नदिन सम्बन्धित निकायलाई ध्यान दिन आग्रह गरे ।

प्रकाशित: १३ वैशाख २०८३ ७:१४ | Sunday, April 26, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast